Advertisement
SKIP THIS
पदक विजेता खेलाडीलाई गाउँपालिकाले नगद सहित सम्मान गर्यो

बाजुरा : बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गरिएको छ ।

गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाबाट शिल्डमा सहभागी भएका खेलाडीलाई स्वर्ण,रजत र कास्य पदक विजेतालाई नगद सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।खेल क्षेत्रको प्रवद्र्धन र खेलाडीलाई खेलकुदमा हौसला दिने गरी पदक विजेतालाई नगद सहित सम्मान गरेको बताए ।

पालिकाबाट छनोट भएर जिल्लास्तरिय शिल्डमा सहभागी भएर स्वर्ण पदक विजेतालाई दश हजार,रजत आठ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही पाँच हजार नगदले सम्मान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर रोकायाले जानकारी दिएका छन् ।गाउँपालिकाले खेलमा क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने गरी नगद सहित सम्मान गरिएको बताए ।

बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको जनप्रकाश माध्यमिक विद्यालयमा भएको जिल्लास्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्डमा स्वामिकात्र्तिक खापर गाउँपालिकाले ६ स्वर्ण, २ रजत र ४ काश्य सहीत १२ पदक, त्रिवेणीले २ स्वर्ण, ८ रजत र ६ काश्य सहीत १६ पदक हात पारेको थियो ।

तपाईको प्रतिक्रिया