Advertisement
SKIP THIS
मन्त्री साउदलाई मेयर बोहराको सचिवालयको धम्की

लाज कटाउन जिल्ला अस्पतालका डाक्टर बयालपाटा अस्पताल पठाए

तारामान खड्का अछाम:सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री तथा अछाम क्षेत्र नं १ प्रदेश ख बाट निर्वाचित झपट साउदलाई मंगलसेन नगरपालिका मेयर पदम बहादुर बोहराको सचिवालयले धम्की दिएको छ।

न्याय हेल्थ नामक गैरसरकारी संस्था र सुदुरपश्चीम सरकारद्वारा सञ्चालित बयालपाटा अस्पताल आर्थिक संकटमा भएको त्यसै कारण अस्पतालमा कार्यरत शल्यक्रियामार्फत प्रसूति गर्ने एमडीजीपी डाक्टरले जागिर छोडेपछि सेवा बन्द भएको थियोे।

सेवा बन्द भएको समाचार चौतर्फी आएपछि सामाजिक बिकास मन्त्री झपट साउदको निर्देशनमा जिल्ला अस्पताल अछाममा कार्यरत डाक्टर अतुल भारद्वाजलाई १ महिनाका लागि काजमा बयालपाटा अस्पताल पठाईएको थियोे ।

यसेै बिषयलाई लिएर मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराको सचिवालयले मन्त्री साउदले लाज कटाउन जिल्ला अस्पतालका डाक्टर बयालपाटा अस्पताल पठाएको बताएको छ।

मेयरको सचिवालय लेख्छ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीले आफ्नो लाज कटाउन जिल्ला अस्पताल अछामका डाक्टर बयालपाटा अस्पतालमा पठाउनु भए छ, यो भन्दा गैरजिम्मेवारी काम के होला ?? जिल्ला बासीले त अन्य क्षेत्र बाट मन्त्री ज्यू ले डाक्टर पठाउनुहुन्छ भन्ने आश गरेका थिए धन्य हो मन्त्री ज्यू जिल्ला अस्पताल अछामलाई तपाईंले धेरै ठुलो उपहार दिनुभयो, बयालपाटा अस्पताललाई आवश्यक बजेट दिनुहोस जिल्ला अस्पताल माथिको अन्याय बन्द गर्नुहोस मन्त्री ज्यू नत्र भने यसको परिणम राम्रो हुनेवाला छैन । –

तपाईको प्रतिक्रिया