Advertisement
SKIP THIS
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता,१६ पदकका साथ साँफेबगर नगरपालिका पहिलो

निराकरण खबर:अछाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका पहिलो भएको छ। साँफेबगर नगरपालिकाले ५ स्वर्ण, ७ रजत र ५ कास्य गरी कुल १६ पदक जितेको छ।

प्रतियोगितामा दृतिय भएको पञ्चदेवल बिनायक नगरपालिकाले ५ स्वर्ण, २ रजत र ७ कास्य गरी १४ पदक जित्दा त्रृतिय भएको मेल्लेख गाउँपालिकाले ४ स्वर्ण, २ रजत गरी गरी कुल ६ पदक जित्दा चौथो भएको चौरपाटी गाउँपालिकाले ४ स्वर्ण, २ रजत र ७ कास्य गरी १४ पदक प्राप्त गरेको छ ।

मंगलसैन नगरपालिकाले ३ स्वर्ण, ३ रजत र ३ कास्य गरी १३ पदकका साथ पाँचौ ,२ स्वर्ण, २ रजत र ४ कास्य गरी ८ पदकका साथ कमलबजार नगरपालिका छैठौं हुदाँ १ स्वर्ण, ६ रजत र २ कास्यका साथ रामारोशन गाउँपालिकाले सातौं भएको छ।

यस्तै गत बर्षको बिजेता रहेको तुर्माखाँद गाउँपालिका यसपटक १ स्वर्ण, २ रजत र २ कास्यका साथ आठौं नम्बरमा रहदाँ बान्नीगढी जयगढ गाउँपालिका १ स्वर्ण २ रजत गरी ३ पदकका नवौं नम्बर हुदाँ स्वर्ण विहिन भएको ढकारी गाउँपालिकाले २ कास्य मात्रै जितेको छ। माघ ६ गतेबाट सुरु भएको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार सम्पन्न भएको हो

तपाईको प्रतिक्रिया