Advertisement
SKIP THIS
नेताहरूको भ्रमण थलो बनेको बयालपाटा अस्पताल

नेता ज्यू ! उधारो गफले अस्पताल चल्दैन ।

तारामान खड्का अछाम:अछामको बयालपाटा अस्पताल नेताहरुको घुम्ने थलो बनेको छ।न्याय हेल्थ नेपाल र सुदूरपश्चिम प्रदेश समाजिक बिकास मन्त्रालयको सहयोग सञ्चालित अस्पताल पछिल्लो ४ बर्षयता आर्थिक संकटका बिच सञ्चालन हुँदै आएको छ।

सम्पूर्ण सेवा निशुल्क रुपमा प्रदान गर्दै आएको अस्पताल पछिल्लो समय दातृ निकायले सहयोग कटौती गरेपछि आर्थिक संकटका बाबजुद सेवा कटौती गर्दै सञ्चालनमा रहेको छ। कुनै बेला ४ जना एमडिजीपी रहेको अस्पताल अहिले १ जना हाडजोर्नीको मात्रै रहेका छन। अछाम ,बाजुरा, डोटी र कर्णालीका न्यून आए भएका नागरिकका लागि बरदान साबित भएको अस्पताल पछिल्लो समय आफैं थला पर्दै गएको छ।

अस्पताल आर्थिक संकट यता मात्रै राष्ट्रिय राजनीतिमा पहुँच भएका दजनौं नेताहरुले अनुगमन तथा निरिक्षण गरेका छन।यति मात्रै होईन बयालपाटा अस्पतालकै नाम लियर जनमत पाएर निर्वाचित जनप्रतिनिधिहरुले अस्पताललाई दिर्घकालिन सञ्चालनको लागि चासो दिएपनि पहल गरेको देखिदैन ।

बिगतका अस्पताल सञ्चालनको लागि सुदूरपश्चिम प्रदेश सरकारले ७ देखि ९ करोड सम्म बजेट बिनियोज गर्ने गरेको थियो । तर यसपटक अछामकै मन्त्री तादुकदार मन्त्रालयको मन्त्री हुदा पनि अस्पताललाई बजेट बिनियोजन भएन ।

बिगत ४ बर्षमा सबै दलका दर्जन बढी नेताहरु अस्पताल पुगेका छन । अछाम आएभने राजनिती नेतृत्व बयालपाटा अस्पताल निरिक्षण गर्छन र भन्छन अस्पताललाई बजेट कमि हुन दिदैनौ तर उनिहरु अछामबाट गएपछि बयालपाटा अस्पताल नै बिर्सने गरेका छन । अस्पताललाई सुदूर पश्चीम सरकाले आफ्नो मातहतमा लिएपछि प्रदेश सरकार लाचार बनिरहेको छ । बजेट आउने बेला अस्पताल प्रशासन बजेटका लागी मन्त्री र सांसदलाई भेट्न धनगढी गईरहेका हुन्छन ।

बयालपाटा अस्पतालमा कुन कुन नेताहरुले भ्रमण गरे ?

पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलि,बाबुराम भट्टराई लगायत वाहालबाला,पुर्ब मन्त्रीहरुले बयालपाटा अस्पताल अनुगमन गरेका छन ।अस्पतालमा पुगेर बजेट कमी हुन नदिने बताउने उनिहरु अस्पतालकै गेट बाहिर पुगेपछि अस्पताल बिर्सने गरेका छन । भिम रावल,घनश्याम भुसाल, बिष्णु पौडेल,योगेश भट्टराई,ईश्वर पौडेल , शेखर कोईराला, गगन थापा,बद्री पाण्डे देखि रबि लामिछाने, ज्ञानेन्द्र शाहिले अस्पताल पुगेका छन ।

यता सुदूरपश्चीम प्रदेशमा नेतृत्व गर्ने अधिकांस मन्त्रीले अस्पतालको अनुगमन गरेका छन । उनिहरुले अस्पताललाई आफ्नो भोट बैंकका रुपमा प्रयोग गर्दै आएका छन । सुदूरपश्चीम प्रदेशका हालका मुख्यमन्त्री कमल बहादुर शाह, भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा र अछाम क्षेत्र नं १ प्रदेश सभा ख बाट निर्वाचित प्रदेशका सामाजिक बिकास मन्त्री झपट साउदले समेत अस्पतालको अनुगमन गरि बजेटको कमि हुन नदिने उधारो गफ दिने गरेका छन् ।

नेताहरूले उधारो गफ दिईरहदा अस्पतालले भने सेवा कटौती गर्दै आएको छ।हाल पछिल्लो समय आर्थिक अवस्थाका कारण एक सातादेखि शल्यक्रियामार्फत प्रसूति सेवा बन्द गर्नु भएको छ।अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकका अनुसार शल्यक्रिया गर्ने एमडीजीपी डाक्टर पारिवारिक समस्या देखाउँदै अस्पताल नआएको र अर्का एक जनाले पनि जागिर छाडेपछि सेवा एक साता बढी समयदेखि बन्द भएको छ ।

तपाईको प्रतिक्रिया