Advertisement
SKIP THIS
अछाममा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

निराकरण खबर अछाम:अछाम सदरमुकाम मंगलसेनमा जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। मंगलसेनमा रहेको पुरानो कारागार खेल मैदानमा अछाम क्षेत्र नम्बर २ का संघीय सांसद पुष्पबहादुर शाहले प्रतियोगिताको उद्घाटन गरे।

प्रतियोगितामा जिल्लाका दशवटै स्थानीय तहको सहभागीता रहेको छ। जिल्ला खेलकुद समिति अछामको आयोजना तथा मंगलसेन नगरपालिकाको सह आयोजनामा सुरु भएको प्रतियोगितामा भलिबल, विभिन्न दुरीका दौड लगायतका खेलहरू खेलाइनेछ।

सभामा खेलाडीहरूको स्वागत पछि सम्बोधन गर्दै संघीय सांसद पुष्प बहादुर शाहले राज्यले खेलाडीहरु माथि लगानी गर्न नसकेको बताए । क्रिकेट खेलमा खेलाडीहरुले बिश्व नेपालको नाम चिनाएको तर सरकारले घोषित पुरस्कार तथा तलब भत्ता समेत दिन आनकानि गरिरहेको बताए ।खेल क्षेत्रको बिकासका लागि सबै सरकारहरुले लगानी गर्नु पर्ने बताए ।

यस्तै कार्यक्रम बोल्दै जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवरले स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भनिएपनि खेल र खेलाडीलाई राज्यले बुझ्न नसकेको बताए ।खेलका माध्यमबाट खेलाडीहरुलाई आर्थिक क्रियाकलाप सँग जोड्न सके खेल र खेलाडीलाई फाईदा पुग्ने बताए ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बिधालय स्तरमा हुने यस्ता खेलकुद क्रियाकलापले बिधार्थीको सर्वांगीण विकास हुने र खेलाडी उत्पादनमा समेत महत्त्वपूर्ण भुमिका हुने बताए ।

उद्घाटन समारोहमा दशवटै स्थानीय तहका प्रमुखसहित जिल्लाका अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया