Advertisement
SKIP THIS
माघ ३ गते बुधबार तपाईंको राशिफल

काठमाडौँ:आज २०८० साल माघ ३ गते बुधबार तदनुसार सन् २०२४ जनवरी १७ तारिख

मेष : दिन राम्रो छ । बोलीको प्रभाव रहने छ । बोलीकै कारण तपाईंको काम बन्नेछ । दिन रमाइलोसँग बित्नेछ । परिवारले राम्रो साथ नदिने भएकाले सचेत हुनु राम्रो हुन्छ । प्रेम सम्बन्धमा खटपट हुनेछ ।

वृष : दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । आलस्य त्याग्नु राम्रो हुन्छ । हरेक क्षेत्र सबल रहेकाले मन प्रशन्न हुनेछ । लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : समय चुनौतीपूर्ण छ । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नु राम्रो हुन्छ । खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ । परिवारबाट असहयोग हुनेछ । प्रेम सम्बन्धमा खटपट हुनेछ ।

कर्कट : दैनिकी र ग्रहगोचर सामान्य छ । शिक्षा, वैदेशिक, आर्थिक र पारिवारिक क्षेत्र राम्रो छ । स्वास्थ्यमा समस्या हुनसक्ने देखिन्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ ।

सिंह : दिन सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा चुनौतीपूर्ण बन्नेछ । परिवारको साथ र सहयोग राम्रो रहनेछ ।

कन्या : दिन राम्रो छ । श्रमको मूल्य प्राप्त हुनेछ । स्वदेशी लगानी भन्दा वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ । पूर्व जाने भए सवारीको गतिमा ख्याल गर्नुपर्छ ।

तुला : दिन सामान्य छ । समाजले तपाईंको गल्तीको खोजी गरिरहेको देखिन्छ । आफूले आफूलाई चिनेर काम गर्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोगले दिन रमाइलो हुनेछ ।

वृश्चिक : समय सामान्य राम्रो छ । बोलीको राम्रो प्रभाव रहने छ । आर्थिक क्षेत्रमा विवाद हुनसक्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ ।

धनु : दिन सुखमय हुनेछ । नयाँ ठाउँको भ्रमणले मन खुशी हुनेछ । बन्धुबाट सहयोग प्राप्त हुनेछ । स्वदेशी लगानीबाट राम्रो आम्दानी हुनेछ । मनको कुरा सबै खोलेको भए दुर्व्यवहार सहनुपर्ने हुनसक्छ ।

मकर : दैनिकी सामान्य छ । अचानक खर्च बढ्नेछ । आम्दानी वृद्धि गर्न पन्छीलाई दाना प्रदान गर्नु राम्रो हुन्छ । यसले सोचेको काम सफल हुनेछ । सामाजिक क्षेत्र विवादित छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । रोकिएर रहेका काम सहज हुनेछन् । आर्थिक उन्नति गर्ने दिन छ । सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ । वैदेशिक भन्दा स्वदेशमै लगानी गरेको भए फाइदा हुनेछ । परिवारबाट साथ नमिल्न सक्छ ।

मीन : दिन सामान्य छ । आफूले गरेको राम्रो कामको जस अरुले लिनेछन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बनेका योजना अधुरा बन्नेछन् । आफन्त र परिवारले साथ र सहयोग गर्नेछन् ।

तपाईको प्रतिक्रिया