Advertisement
SKIP THIS
बाझो जमिनमा’एभोकाडो’लगाएर मनग्ये आम्दानी गर्न सकिन्छ,जिसस प्रमुख कुँवर

शिवराज ढुंगाना अछाम:कृषकलाई आधुनिक खेतीतिर आकर्षित गर्न जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर व्यक्तिगत लगानीमा एभोकाडो बाँड्न थालेको ५ बर्ष भन्दा बढी भयो ।

कुँवरले आफ्नो निजी लगानीमा एभोकाडोको बीउँ ल्याइ उमारेर जिल्लाका विभिन्न स्थानमा वितरण गरिरहेका छन।
“एक वर्षमा ३०÷४० हजारको बीउँ ल्याइ उमारेर नि:शुल्क बाँड्ने गरेको छु ।” कुँवरले भने– “राम्रो उत्पादन र आय आर्जनमा सहज भएकोले आफै उमारेर यहाँका कृषकलाई बाँड्ने गरेको छु ।

अछामका आठ स्थानीय तहका विभिन्न कृषकहरुलाई नमूना स्वरुप विरुवा वितरण गर्ने गरेको कुँवरको दावी छ । साँफेबगर, मेल्लेख, बान्नीगढी, मंगलसेन लगायतका स्थानीय तहमा एभोकाडोको विरुवा नि:शुल्क बाँडेको उनले बताए ।

सबै स्थानीय तहमा पुगेर एभोकाडो बाँड्ने योजना रहेको कुँवरले बताए । परम्परागत कृषि भन्दा पनि आयआर्जनमुलक खेतीपातीमा लाग्न कुँवरको सुझाव छ । “कृषि बचेमात्रै देश बच्ने हो, त्यसैले राम्रो योजना बनाएर कृषिमा लगानी गर्नुपर्छ भनेर मैले हरेक ठाउँमा भन्दै आएको छु ।” कुँवरले भने।

स्थानीय तहले आधुनिक कृषि प्रविधि अपनाएर युवाहरुलाई गाउँमै स्वरोजगारमुलक बनाउन सकिने प्रमुख कुँवरको सुझाव छ । कृषि अनुदानका नाममा दुरुपयोग भइरहेको भनाइ कुँवरको छ ।

निर्माण व्यवसायीको लामो अनुभव संगाल्नु भएका कुँवर नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघको जिल्ला अध्यक्ष भएपछि कृषिमा धेरै काम गर्न सकिने सम्भावना देखेको बताउछन।

आफुले जिल्लाका हरेक कार्यक्रममा मनग्ये आम्दानी गर्न सकिने फलफूलका बारेमा भनिरहेको कुँवरले बताए । पछिल्लो समय अछाममा बाझो जमिन बढ्दै गएकोले सो बाझो जमिनमा एभोकाडो लगाई केहि बर्षमा मनग्ये आम्दानी गर्न सकिने प्रमुख कुँवरले बताए ।

कृषि प्रधान देश भनिएपनि कृषि पेशामा नागरिकको आकृषण बढ्नुको साटो घट्दै गएको यसको लागि राज्यले निति बनाएर अघि बढ्नुपर्ने बताए ।स्थानीय तहहरुले समेत हरेक कृर्याकलापलाई कृषि र आयआर्जनमा जोडेर काम गर्नुपर्ने कुँवरले बताए ।

तपाईको प्रतिक्रिया