Advertisement
SKIP THIS
साँफेबगरमा दोस्रो मेयर कप रनिङ शिल्ड प्रतियोगिता सुरु

निराकरण खबर अछामःसाँफेबगर नगरपालिकाको आयोजनामा दोस्रो नगर प्रमुख रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । कार्यक्रमममा प्रमुख अतिथि पूर्व उपवधान तथा रक्षामन्त्री भीम रावलले बिधार्थीहरु भनिष्यका कर्णदार भएको बताएका छन्।

अछाम जिल्ला खेलकुदका लागि उर्वर भूमि भएको बताउँदै रावलले खेलाडीहरूलाई सकारात्मक भएर खेल खेल्न आग्रह गरे। विद्यार्थीहरूले पढाइ सँगसँगै खेलकुदलाई पनि अगाडि बढाउनुपर्नेमा रावलले जोड दिए।

खेल क्षेत्रलाई राजनीतिबाट टाढा राख्न सके मात्र खेल क्षेत्रले र खेलाडीले खेल्न सक्ने प्रमुख अतिथि रावलले बताए।
कार्यक्रममा बोल्दै साफेबगर नगर प्रमुख राजेन्द्रबहादुर कुवँरले साफेबगर नगरपालिका ले खेल क्षेत्रमा काम गरिरहेको बताए साफेबगर नगरपालिका ले देशका लागि खेलाडी उत्पादन गरेको बताए। यो रनिङ शिल्डले देशको जिल्लाको लागि र समग्र देशको लागि खेलाडी उत्पादन गर्न सक्ने उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै साफेबगर नगर उपप्रमुख शिवबहादुर कुँवरले खेलाडीहरूले अनुशासित रुपमा खेल्न सुझाव दिए नगरपालिकाले खेलकुदको क्षेत्रमा गतिविधि बढाउँदै लगेको बताउँदै उनले नगरले आफ्नो क्षमताले भ्याए सम्म खेलकुदमा लगानी गर्ने बताए। नगरपालिकाले क्रिकेट र भलिबलमा राष्ट्रिय खेलाडी उत्पादन गरेको बताउँदै नगरप्रमुख कुँवरले अन्य खेलाडीले समेत खेल्न सक्ने बताए।

साँफेबगरमा नगरपालिका वडा नम्बर ३ मा निर्माणाधीन बसपार्कमा प्रतियोगीता सन्चालन भैइरहेको छ । माध्यमिक स्तरीय प्रतियोगीतामा १६ बिधालयको सहभागीता रहेको छ । जस्मा १४ सामुदायिक र २ निजि बिधालय रहेका छ्न ।

तपाईको प्रतिक्रिया