Advertisement
SKIP THIS
भारतमा २४ घण्टामा ५२९ जना नयाँ संक्रमित थपिए, तीनको मृत्यु

काठमाडौँ । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ तीव्र गतिमा फैलिइरहेको छ । अहिलेसम्म यो भेरियन्टबाट १०९ जना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा यो भेरियन्टबाट ४० संक्रमित थपिएका छन् । सबैभन्दा बढी गुजरातमा ३६ जना पाइएका छन् ।
भारतमा दैनिक ४०० देखि ६०० को हाराहारीमा संक्रमित थपिँदै गएका छन् । पछिल्लो २४ घण्टामा ५२९ जना नयाँ संक्रमित थपिएका छन् ।

६०३ जनालाई निको भएको छ भने तीन जनाको मृत्यु भएको छ । यसअघि सोमबार ६३८ तथा मंगलबार ४१२ संक्रमित थपिएका थिए । हाल भारतभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३ रहेको छ ।

सन् २०२० को फेब्रुअरीमा पहिलो केस पाइएकामा अहिलेसम्म साढे ४ करोड संक्रमित भएका छन् । जसमा ५ लाख ३३ हजारको ज्यान गइसकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्ल्यूएचओ) का अनुसार अहिलेसम्म कोरोनाको नयाँ भेरियन्ट ४१ देशमा पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया