Advertisement
SKIP THIS
आईएमई लाइफ इन्स्योरेन्सद्धारा मृत्युुदाबी भुक्तानी

निराकरण खबर डोटी:आईएमई लाइफ इन्स्योरेन्स दिपायल शाखाद्वारा मृतकको घरमै पुगेर घरपरिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ ।

शिखर नगरपालिका वडा. न.१ कपल्लेकी बस्ने बर्ष ४४ का टेक बहादुर बोगटिको मृत्यु पश्चात् उनकै घरमै गएर मृत्यु दाबी भुक्तानी उपलब्ध गराएकाे डडेल्धुरा क्षेत्रीय शाखा प्रमुख हुकुम डाँगीले बताए ।

२०७९ अषाढ ३० गते टेक बहादुर बोगटिले आफ्नो नाममा रू १ लाख ५० हजार बिमाङ्ककाे बिमा गराएका र बार्षिक ११हजार चार सय रूपैयाँ का दरले २ बर्षको प्रिमियम मात्र बचत गरेका थिए ।

बिमित टेक बहादुर बोगटिकि धर्म पत्नी तारा देवि बोगटीलाई मृत्यु दाबी भुक्तानी स्वीकृति हस्तन्तरण गरिएको छ। जस अनुसार उनले २२ हजार ८ सय जम्मा गरेकोमा पुरै बिमाङ्क १ लाख ५० हजार र २ बर्षको बोनस रु १७ हजार १ सय गरि १ लाख ६७ हजार १ सय दाबी भुक्तानी गरिएको हो।

तपाईको प्रतिक्रिया