Advertisement
SKIP THIS
चिनियाँ लसुन बन्यो अमेरिकी सुरक्षा चुनौती: आपूर्ति रोक्न माग

बिबिसी :एकजना अमेरिकी सांसदले चीनबाट आयातित लसुनका कारण देशको राष्ट्रिय सुरक्षामा पर्ने असरबारे अनुसन्धान गर्न त्यहाँको सरकारसँग माग गरेका छन्।

रिपब्लिकन सांसद रिक स्कटले वाणिज्य मन्त्रीलाई चिनियाँ लसुन असुरक्षित रहेको भन्दै पत्र पठाएका हुन्।

उनले चीनमा अस्वस्थ तरिकाले लसुन उत्पादनमा गरिने दाबी गरेका छन्।

चीन विश्वमै सबैभन्दा धेरै ताजा र चिस्यान केन्द्रमा राखिएको लसुन निर्यात गर्ने देश हो र अमेरिका त्यसको प्रमुख उपभोक्ता।

सन् १९९० को दशकको मध्यदेखि अमेरिकाले चीनबाट आयात हुने सामग्रीमा उच्च कर लगाउँदै आएको छ।

उसले अमेरिकी उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न सहज होस् भनेर यस्तो गरिएको बताउने गरेको छ।सन् २०१९ मा डोनल्ड ट्रम्पको प्रशासनले यस्तो शुल्क थप बढाएको थियो।

आफ्नो पत्रमा सिनेटर स्कटले करको सन्दर्भसमेत उल्लेख गर्दै जनस्वास्थ्यमा पर्ने असरबारे चर्चा गरेका छन्।

उनले “विदेशमा त्यसमाथि पनि कम्युनिस्ट देश चीनमा फलेको लसुनको गुणस्तर र सुरक्षाका कारण जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै गम्भीर चिन्ता” व्यक्त गरेका छन्।

उनले आफ्नो चिन्तापछाडि राम्रोसँग अभिलेख भएका विवरणहरू पनि रहेको उल्लेख गरेका छन्।

जसमा अनलाइनमा राखिएका भिडिओहरू, खानासम्बन्धी ब्लगहरू र वृत्तचित्रहरू समावेश छन् र त्यसमा ढलमा लसुन रोपिएको देखाइएको छ।

उनले अमेरिकाको वाणिज्य मन्त्रालयमार्फत अनुसन्धानको कदम चाल्न माग गरेका छन्।

निश्चित वस्तुको आयातबाट देशको सुरक्षामा पर्ने असरबारे अमेरिकी कानुनअनुसार अनुसन्धान गर्न उनको माग छ।

तपाईको प्रतिक्रिया