Advertisement
SKIP THIS
गोरख बक्स गणद्धारा आयोजित मैत्रिपूर्ण भलिबल प्रतियोगितको उपाधि जिल्ला खेलकुद विकास समितीलाई

अछाम: जिल्लाको सदरमुकाम मंगलसैनमा रहेको गोरख बक्स गणद्धारा आयोजित मैत्रिपूर्ण भलिबल प्रतियोगितमा जिल्ला खेलकुद विकास समिती अछामको टिम प्रथम भएका् छ ।

श्री गोरख बक्स गणको ब्यारेकमा आयोजना भएको खेलमा गणको ए टिमलाई पराजित गर्दै खेलकुद विकास समितीले जित हासिल गरेको हो ।

श्री गोरख बक्स गणको २३३ औँ बार्षिकउत्सवको अवसरमा आयोजना भएको भलिबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ अछाम र गोरख बक्स गण बि समेत सहभागी भएका थिए । उक्त खेलमा गोरख बक्स गण बि बिजयी भएको थियो ।

२३३ औँ बार्षिकउत्सवको अवसरमा मैत्रिपुर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको गणका प्रमुख सेनानी गणपति जनक सिल्वालले बताए । खेलमा सहभागी टिमलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया