Advertisement
SKIP THIS
अछामको जामागाउँमा १० दिनसम्म लाग्ने केदारनाथ मेला

महेश प्रशाद जैशी अछाम: अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ जामागाउँमा लाग्ने १० दिन सम्म लागे केदारनाथ मेला शनिबारबाट सुरु भएको छ।हरेक बर्ष कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल चतुर्दशीसम्म धेवल र मेला लाग्ने गर्दछ । ९ दिनसम्म धेवल अर्थात् देवताको पुजा आराधाना र धामीले खला नाच्ने गर्दछन।

१० दिनसम्म देवताको पुजा, खला नाच्ने र रात्री मेला तथा केदारनाथ मन्दिरमा दूध, घ्यू चढाउने केदारनाथ मेलाको बिशेषता हो । अछाम जिल्लाको भैसोले क्षेत्रको अन्तिम मेलाका रुपमा जामाको जात्रालाई लिने गरिन्छ । मेलाको अवसरमा डेउडा, न्याउले खेल खेल्ने गरिन्छ ।

रात्री मेलामा धामीको नाच आकर्षकका रुपमा रहन्छ । केदार र छडाल देवताको नृत्यलाई मेलाको प्रमुख आकर्षणका रुपमा हेर्ने गरिएको स्थानीय महेन्द्र खतिवडा बताउछन।

केदार नाथ मेलाले धार्मिक सहिष्णुता ,परम्परागर मुल्य मान्यताको जगेर्ना र भबिस्यका सन्ततिको लागि ऐतिहासिक कोसेढुङ्गा साबित हुने कुरा दुई मत छैन । हाम्रो पुर्खा र सन्ततिलाई झल्काउने अभिलेखको रुपमा केदारनाथ मेलालाई लिईनेको गरेको छ।डोटेली संस्कृतिमा आधारित देवता नाच हेर्न छिमेकी जिल्ला डोटी, सुर्खेत, दैलेख र कैलाली समेतबाट दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।

केदारनाथ देवताको पूजापाठ गर्दा अन्न, सन्तान र पशुलाभ हुने धार्मीक विश्वास रहेको पाईन्छ ।सोहि दिन डोटी, बड्डि केदारनाथ र कैलाली, बर्दगोरीया १ मुडा कट्टिपुरमा पनी संस्कृतिक तथा धार्मिक मेला लाग्ने गर्दछ।हाम्रो धर्म संस्कृति सँग जोडिएको यसलाई सबै मिलेर जगेर्ना गर्नु पर्छ।

धामीको नाच रात्री मेला र मन्दिरमा समेत रहने गर्दछ । केदार, छडाल र बेताल गरि ३ देवताका धामीले देवताको दैविक कला देखाउने गर्दछन् । रात्रि मेलामा छडाल देवताले करिब २० मिटर माथि घरको माथिल्लो तलाको कौसीबाट खसालिने पानी पिउने गर्दछन्, भने केदार र बेताल देवताले बाघ र बिरालोको नृत्य समेत देखाउने गर्दछन् ।

परापूर्व कालदेखि डोटीको बडीकेदारबाट अछामको सेरा जामागाउँमा बसोबास गर्न आउनेले मेला ल्याएको र त्यहीबेला देखि नै मेला लाग्ने गरेको मन्दिरको पुजारी खडकराज उपाध्याय बताउँछन् ।

१० दिनसम्म लाग्ने मेला र मेलालाई दोस्रो दशैँको रुपमा यस क्षेत्रका स्थानीयले लिने गर्दछन् । तर मेलामा कुनै बलि नचढाई धामीले दूध र घ्यू खाने गर्दछन् । अहिंसात्मक रुपमा मेला मनाईने गरिन्छ भने देउवताका धामी दलित समुदाय र पुजारी गैरदलित समुदायका रहेका छन् ।

यसबाट केदारनाथ मेला अहिंसा र सद्भावको पर्याय भएको स्थानीय अगुवा देवानन्द खतिवडाको भनाई छ ।मेला ९ गते आइतबार राती खला धामी नाच हुने र १९ गते माथी मन्दिर जाने र दर्शनार्थीको घुईचो लाग्ने गरेको कमलबजार नगरपालिका वडा नं ७ का वडा सदस्य बल बहादुर भण्डारीले बताउँछन् ।

तपाईको प्रतिक्रिया