Advertisement
SKIP THIS
वडा अध्यक्ष अधिकारीले भलिबल टिमलाई १ महिनाको पारिश्रमिक दिने

निराकरण खबर अछाम:अछामको मेल्लेख गाउँपालिका वडा न. ५ बिन्धेवासिनिका वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले आफ्नाे एक महिना बराबरको पारिश्रमिक गाउँपालिका खेलाडीलाई दिने भएका छन।

केही दिन अघि बाजुराको बुढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम नगर प्रमुख कपमा मेल्लेख गाउँपालिकाको टिमले प्रथम स्थान हासिल गरेपछि वडा अध्यक्ष अधिकारीले आफुले पाउने १ महिना भरको पारिश्रमिक खेलाडीलाई दिने घोषणा गरेका थिए ।

खेलाडीहरुले नि:स्वार्थ रुपमा आफ्नो पालिकाको लागि खेलिरहेका संकटका बिच समेत उनिहरुले विभिन्न ठाउँ जिल्ला भित्र र बाहिर गई ट्रफि ल्याएका अझै खेलाडी हौसला होस र खेलाडीको सम्मान स्वरुप पारिश्रमिक दिने घोषणा गरेको अध्यक्ष अधिकारीले बताए ।

राज्यले समेत खेल र खेलाडीको लागि उचित ब्यावस्थापन गर्न नसकेको बिगतमा आफू पनि भलिबल खेलाडी भएर खेल खेलिरहदा अनेकौं समस्या भोगेको र खेलाडीका कस्ता समस्या हुन्छन् भने बुझेको उनलेे बताए ।

आफुले खेलाडीलाई प्रोत्साहन र सम्मान होस् भनेर सकेजति आफ्नो ठाउँबाट सहयोग गरेको अध्यक्ष अधिकारीले बताए ।

अध्यक्ष अधिकारी भलिबलका खेलाडी समेत हुन । उनले बिराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाट भलिबल खेलमा सहभागी जनाएका थिए। वडा अध्यक्ष अधिकारी प्रादेशिक रेफ्री लेबल १ कोच समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया