Advertisement
SKIP THIS
स्वामीकार्तिकमा सञ्चालन भएको स्वास्थ्य शिविरबाट १ हजार ३ सय ८५ जनाले स्वास्थ्य सेवा लिए

निराकरण खबर बाजुराःबाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ३ दिने सम्म सञ्चालन भएको बृहत स्वास्थ्य शिविरबाट १ हजार ३ सय ८५ जनाले स्वास्थ्य सेवा लिएका छन ।शिबिरबाट पुरुष भन्दा बढी महिला स्वास्थ्य सेवा लिए ।८ सय ६४ महिलाले सेवा लिदाँ ५ सय २१ पुरुष रहेका छन ।
आईतबार देखि मंगलबार सम्म सञ्चालन भएको बृहत स्वास्थ्य शिविरबाट ४सय ३५ स्त्री रोग,४० सामान्य शल्यक्रीया,नाक कान घाटीका २ सय ,हाडजोर्नी १ सय ५०,जनरल फिजीसीयन ६ सय,गाठा गुढी १०,पायल्स र मासु पलाएको २० जनाले सेवा लिएका छन ।

स्वामीकार्तिक खापर गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा बृहत स्वास्थ्य शिविरबाट सञ्चालन भएको थीयो ।३ दिन सम्म संञ्चालन भएको स्वास्थ्य शिविरमा विभिन्न रोगको विशषेज्ञ डाक्टरहरुले सेवा प्रदान गरेका थिए ।स्वास्थ्य सुचांकमा नेपालकै सबैभन्दा पछि बाजुरा, बाजृरामा पनि स्वामीकार्तिक खापर गाउँपालिका निकै पछि परेको , राज्यले समेत फरक नजरले हेर्ने, भुगोलले समेत आफुहरुलाई ठगेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताए ।

गाउँपालिकाका नागरिकको उपचारका सहज होस भनेर स्वास्थ्य शिविर आयोजना गरिएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताए।आर्थिक अभावकै कारण नागरिक स्वास्थ सेवा बाहिर नहुन, गाउँमै बिषेशज्ञ सहित शिबिर सञ्चालन गरिएको अध्यक्ष रोकायाले बताए ।
शिबिरबाट बिभीन्न ३० रोगका बिरामीलाई रेफर गरिएको र उनिहरुको काठमाण्डौंमा नि शुल्क उपचार हुने गाउँपालिकाका अध्यक्ष रोकायाले बताए ।

तपाईको प्रतिक्रिया