Advertisement
SKIP THIS
बाजुरामा सम्पन्न प्रथम नगरप्रमुख कप भलिवलको उपाधि मेल्लेख गाउँपालिका अछामलाई

बाजुरा:बाजुरामा जारी अन्तरपालिका स्तरी प्रथम नगरप्रमुख कप भलिवल प्रतियाेगिताकाे उपाधि मेल्लेख गाउँपालिका अछामले जितेकाे छ ।

बुढीगंगा नगरपालिकाद्वारा आयाेजित अन्तरपालिका स्तरीय भलिवल प्रतियाेगिताकाे आज भएकाे फाईनल खेलमा आदर्श गाउँपालिका डाेटीलाई हराउँदै मेल्लेख गाउँपालिकाले उपाधि जितेको हो।

जितसँगै मेल्लेखले नगद १ लाख ५७ हजार ७ ७ सय ७७ सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको उपविजेता आदर्श गाउँपालिका डाेटीले नगद एक लाख ७ हजार ७ सय ७७ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।

त्यस्तै प्रतियाेगिताकाे तृतिय अछामकाे बान्निगढी जयगढ गाउँपालिका बनेकाे छ । उसलाई ५७ हजार ७ सय ७७ नगद प्रदान गरिएकाे छ भने खेलकाे सान्त्वना पुरस्कार कन्चनपुरकाे भिमदत्त नगरपालिकालाई प्रदान गरिएकाे नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

कात्तिक १९ गतेबाट बुढिगंगा नगरपालिकामा संचालन भएकाे उक्त प्रतियाेगिता आज सम्पन्न भएकाे हाे । प्रतियाेगितामा जिल्ला भित्रका साथै सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकाबाट१६ वटा टिमले सहभागीता जनाएका थिए ।

बडा दशैं तथा शुभदिपालीकाे अवसर पारेर आयाेजना गरिएकाे प्रतियाेगिता बडीमालिका क्याम्पस फालासैनकाे खेलमैदानमा संचालन भएकाे थियाे ।

खेल क्षेत्रको विकासका लागि पहिलाेपटक अन्तर पालिका स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गरिएको र अब प्रतेक वर्ष यस्ता खेलकुदका गतिविधिहरू संचालन गर्दै जाने बुढीगंगा नगरपालिकाका नगर प्रमुख बानियाँले बताएका छन् ।

तपाईको प्रतिक्रिया