Advertisement
SKIP THIS
जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प

काठमाडौँ :गत शुक्रबार राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि सोमबार बिहानसम्म ३ सय ८२ वटा स–साना परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अधिकांश परकम्पहरू भूकम्पको केन्द्रबिन्दु रहेको रामिडाँडा आसपास गएका छन् ।

शुक्रबार रातिको भूकम्प यता ४ म्याग्निच्युड माथिका सातवटा परकम्प गएका छन् । कार्तिक १८ गते ४.५, ४.२, ४.३, ४.६ र ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । कार्तिक १९ गते ४ र ४.१ म्याग्निच्युडका दुई परकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया