Advertisement
SKIP THIS
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सुरु

निराकरण खबर बाजुरा:बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ३ दिने बृहत स्वास्थ्य शिविर सुरु भएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा आइतबार सुरु भएको हो।
३ दिन सम्म संञ्चालन हुने स्वास्थ्य शिविरमा विभिन्न रोगको विशषेज्ञ डाक्टरहरुले सेवा प्रदान गरि रहेका स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका नागरिकको उपचारका सहज होस भनेर स्वास्थ्य शिविर आयोजना गरिएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताए।आर्थिक अभावकै कारण नागरिक स्वास्थ सेवा बाहिर नहुन, गाउँमै बिषेशज्ञ सहित शिबिर सञ्चालन गरिएको अध्यक्ष रोकायाले बताए ।

शिविरबाट करिब ३ हजार जनाको स्वास्थ्य परिक्षण गर्ने उदेश्य रहेको गाउँपालिकाले अध्यक्ष रोकायाले बताए । स्वास्थ्य शिविरका क्रममा शिविरमा उपचार हुन नसके उपचारका लागि गाउँपालिकाले काठमाडौँमा नि:शुल्क उपचार गर्ने अध्यक्ष रोकायाले बताए ।

शिविरको पहिलो दिन आज २ सय ४१ महिला र १ सय २४ पुरुष गरि ३ सय ६५ जनाले स्वास्थ्य सेवा लिएका गाउँपालिकाका निमित प्रशासकिय अधिकृत कुवेर बहादुर शाहीले बताए ।

तपाईको प्रतिक्रिया