Advertisement
SKIP THIS
बयालपाटा अस्पतालले पठायो भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी आवश्यक औंषधि

निराकरण खबर अछाम:अछामको बयालपाटा अस्पतालले आवश्यक औंषधि र स्वास्थ्यकर्मी भुकम्प प्रभावित क्षेत्र जाजरकोट पठाएको छ।

गए राति आएको ६.४ रेक्टरको भुकम्पले बढी प्रभावित पारेको रुकुममा स्वास्थ्यकर्मी र आवश्यक औंषधि पठाईएको अस्पतालका निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।

अस्पतालले पठाएका २ जना स्वास्थ्यकर्मी भुकम्प प्रभावित क्षेत्रका नागरिकको उपचारमा सहयोग गर्ने निर्देशक पाठकले बताए ।

राजनीतिक कार्यक्रमका लागि अछाम आएका संघिय सांसद ज्ञानेन्द्र शाही समेत अछामबाट भुकम्प प्रभावित क्षेत्रमा गएका छन।

तपाईको प्रतिक्रिया