Advertisement
SKIP THIS
अछाममा कार्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको ओैषधि खुवाईने

निराकरण खबर अछाम:अछाममा कार्तिक १७ र १८ गते जुकाको ओैषधि र भिटामिन ‘ए’ खुवाईने भएको छ।

अछाम जिल्लाका १० वटै स्थानीय तहका सम्पूर्ण वडाहरुमा जन्मेको ६ महिना देखि ५ बर्षका बालबालिकाहरुलाई भिटामिन ‘ए’र जन्मेको १ बर्ष देखि ५ बर्षका बालबालिकालाई जुकाको ओैषधि खुवाईने स्वास्थ कार्यालय अछामले जनाएको छ।

अछामका साबिकका वडामा कार्यरत महिला स्वास्थ्य स्वय सेबिकाले ६ महिना देखि ५ बर्ष सम्मका २६ हजार १८ जना बालबालिकालाई भिटामिन ए जन्मेको एक बर्ष देखि ५ बर्ष सम्मका २२ हजार ९सय ९३ जनालाई जुकाको ओैषधि खुवाईने लक्ष्य रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया