Advertisement
SKIP THIS
बान्नीगढीमा प्रथम अध्यक्ष कप भलिबल सञ्चालन: उद्घाटन खेलमा बान्नीगढी बिजयी

निराकरण खबर अछाम:अछामको बान्नीगढीमा प्रथम कप भलिबल उद्घाटन भएको छ।सोमबार सुदूरपश्चिमका सामाजिक बिकास मन्त्री झपट साउदले भलिबल खेलको उद्घाटन गरे।

भलिबल खेलमा १७ टिम दर्ता भएका छन् । प्रथम हुनेले नगद १ लाख ५० हजार ट्रफि,मेडल र प्रमाणपत्र यस्तै द्रोस्रो हुनेले १ लाख ट्रफि,मेडल र प्रमाणपत्र , तेस्रो हुनेले ५०हजार ट्रफि,मेडल पाउने छन।

आज भएको पहिलो उद्घाटन खेलमा साँफेबगर नगरपालिकालाई २ १को सेटले पराजित गर्दै आयोजक बान्नीगढी जयगढ गाउँपालिका अफिसियल बिजयी भएको छ।

तपाईको प्रतिक्रिया