Advertisement
SKIP THIS
यौन जीवन आरामदायी बनाउन यी खानुहोस

एजन्सी:रोमाञ्चक डेट र क्याण्डल लाइट डिनरले मात्रै प्रेमसम्बन्ध सुमधुर बनाउादैन। स्वस्थ जीवनशैली, खानेबानी र व्यायामले पनि प्रेम जीवनमा उत्तिकै भूमीका खेलेको हुन्छ। 

यौन जीवनलाई लिएर जोडीहरुले निक्कै कुरा सोचेका हुन सक्छन्। आफूले सोचेको जस्तो यौन जीवनका लागि केहि खानेकुराले महत्वपूर्ण भूमिका खेल्दछ। 

निश्चित खाना र पौष्टिक तत्वले यौन चाहना बढाउने र स्वस्थ यौन जीवनमा मद्दत गर्ने  अमेरीकि यौनविशेषज्ञको भनाइ छ।  त्यसो भए हाम्रो यौन जीवनमा महत्वपूर्ण भूमिका खेल्ने खाना के–के हुन त ?

स्ट्रबेरी

स्ट्रबेरी सेवनले तपाईको यौन जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ। स्टबेरी सेवनले महिला र पुरुष दुवैमा सरल रक्तसञ्चार गर्न सहयोग गर्दछ। 

यौन सुखका लागि सरल रक्तसञ्चारले महत्वपूर्ण भूमिका खेल्दछ। स्ट्रबेरीमा प्रशस्तै ‘एण्टिअक्सिडेण्ट’ पाइन्छ, जुन मुटुको स्वास्थ्यको लागि एकदमै अनुकूल प्रमाणित भएको छ। 

एण्टिअक्सिडेण्टले पुरुषहरूको शुक्रकीट उत्पादन क्षमतामा वृद्धि गर्ने विभिन्न अनुसन्धानले देखाएको छ।

एभोकाडो

यो सुपरफ्रूटमा प्रशस्तै भिटामिन–ई पाईन्छ। जसमा एण्टिअक्सिडेण्टको विशेषता हुन्छ। एभोकाडो सेवनले तपाईलाई मुटु रोगबाट बचाउँछ। 

एक अनुसन्धानले मुटुरोगी पुरुषमा लिङ्ग उत्तेजना नहुने समस्या देखिने तथ्य सार्वजनिक गरेको थियो। अभोकाडो सेवनले मुटु रोगबाट बचाउँने भएकाले यौन जीवनमा पनि फलदायी सावित भएको छ। 

बदाम

बदाममा जिङ्क, सेलेनियम र भिटामिन–ई पाइन्छ। जुन एकप्रकारको भिटामिन र खनीज पदार्थ हो र मानिसको यौन स्वास्थ्य र प्रजनन स्वास्थ्यका लागि यी पदार्थहरू फाइदाजनक सावित भएका छन्। 

सेलेनियमले बाँझोपनाको समस्याबाट राहत दिन्छ भने भिटामिन–ई ले यौनचाहना बढाउँदछ। जिङ्कले पुरुषहरूमा यौन हरमोनको विकास गराउँदछ।

तपाईको प्रतिक्रिया