Advertisement
SKIP THIS
अछामको साँफेबगर नगरपालिकाले क्रिकेटमा विश्व रेकर्ड कायम गर्ने दिपेन्द्रलाई ७५ हजार दिने

निराकरण खबर अछाम:चिनमा सम्पन्न एसियाली खेलकुद अन्तर्गत क्रिकेट खेलमा विश्व कृतिमान राखेका क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अछामको साँफेबगर नगरपालिकाले ७५ हजार दिने भएको छ।

एक कार्यक्रम साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले ७५ हजार दिने घोषणा गरे।

खेलकुदबाट देशको नाम बिश्वमा चिनाउने काम गरेको उनलाई नगद दिने घोषणा गरेको नगर प्रमुख कुँवरले बताए ।

नेपाली राष्ट्रिय टोलिका अलराउन्डर दिपेन्द्र सिंह एरीले असोज १० गते भएको नेपाल र मङ्गोलियाबीचको खेलमा ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। उनले नौ बल खेल्दा आठ छक्का र एक बलमा दुई रन लिँदै नौ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन्।

यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा अङ्कित थियो। भारतीय खेलाडी सिंहले १२ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका थिए।

तपाईको प्रतिक्रिया