Advertisement
SKIP THIS
बयालपाटा अस्पतालमा ६ महिनामा ४ सय ५१ वटा सफल अप्रेशन

अछाम:अछामको बयालपाटा अस्पतालले पछिल्लो ६ महिनामा ४ सय ५१ वटा सफल शल्यक्रिया भएका छन् । गर्भवती महिला, हाडजोर्नी, हाईड्रोशिल, हर्निया र एपेन्डिक्स गरेर ४ सय ५१ सफल शल्यक्रिया भएका बयालपाटा अस्पतालले जनाएको छ ।

मेडिकल निर्देशक समेत रहेका अर्थोपेडिक सर्जन डा. मन्दिप पाठक आएदेखि नै हाडजोर्नीका जटिल प्रकारका समेत शल्यक्रिया बयालपाटा अस्पतालमा भएको अस्पतालले जनाएको छ । बिगत केही समय एमडिजिपी नुहदाँ रोकिएका शल्यक्रिया समेत अहिले धमाधम हुन थालेका छन् ।

एमडिजिपी – इएम नहुदाँ रोकिएका हाईड्रोशिल, हर्निया र एपेन्डिक्सका अप्रेसनहरु अहिले भईरहेका हुन् । एमडिजिपीको रुपमा डा. ध्रमेन्द्र साह संगै राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्समा) एमडिजिपी तेश्रो बर्षमा अध्ययन गरिरहेका डाक्टरहरु ३ महिनाको लागि बयालपाटा पोष्टिगं हुदाँ ति अप्रेसन भएका हुन् ।

पछिल्लो ६ महिना यता राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) बाट खटि आएका डा. अकिंत श्रेष्ठ, डा. अनुराधा प्रधान र अहिले डा. बिज्ञान लामिछानेले अस्पतालमा सेवा दिईरेहका छन् ।

तपाईको प्रतिक्रिया