Advertisement
SKIP THIS
स्वास्थ्य सुचांकका आधारमा स्वास्थ्य कार्यालय अछाम प्रदेशकै दोस्रो स्थानमा

अछाम :स्वास्थ्यका कार्यक्रमहरुको सुदूरपश्चिम प्रदेश स्तरिय बार्षिक समिक्षा प्रदेश मुकाम धनगढीमा सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गरिएको थियो ।

स्वास्थ्य कार्यालय अन्र्तगत स्वास्थ्य कार्यालय कैलाली प्रदेशमै पहिलो स्थान भएको छ भने स्वास्थ्य कार्यालय अछाम दोश्रो स्थानमा रहेको छ । ९ जिल्लाका स्वास्थ्य कार्यालयहरुले सम्पादन गरेका बार्षिक कार्यक्रम, स्वास्थ्य सुचक, बार्षिक प्रतिबेदन तथा बजेट खर्च र बेरुजुको अवस्थाका आधारमा मुल्यांकन गरिएको थियो ।

सबै क्षेत्रका क्षेत्र स्वास्थ्यकर्मी, महिला स्वयम सेबिका र जनप्रतिनिधीहरुको सहयोगमा जिल्ला अस्पताल प्रदेशमै पहिलो र स्वास्थ्य कार्यालय दोश्रो स्थान आउन सफल भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

अब स्वास्थ्य कार्यालयलाई पहिलो बनाउन सबै सुचंक र अन्य स्वास्थ्यका सबै कार्यक्रमहरुमा जोड दिएर काम गर्नुपर्नेमा ढुंगानाको जोड छ । समयमै बजेट बिनियोजित नहुदाँ काम गर्न केही कठिनाई भएको र मुंल्यांकन बिधि समेत फेरबदल गनुपर्ने समेत उनले बताए । यसअघि अछाम जिल्लाका १० वटा पालिका मध्ये जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका समेत स्वास्थ्य सुचांकका आधारमा जिल्लामै पहिलो भएको थियो ।

प्रदेश स्तरिय बार्षिक समिक्षामा प्रदेशका ९ वटै जिल्लाका स्वास्थ्यका समस्या, चुनौतीहरुको पहिचान गरी आगामी बर्षमा कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा गहन छलफल समेत भएको छ ।

बिज्ञहरुको टोली राखेर उनिहरुको सुझाबको आधारमा आगामी बर्षहरुमा समाधानका उपाय खोजिने स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका निर्देशक डा. जगदिश जोशीले बताए । स्वास्थ्य क्षेत्रको सुधारका लागि तिन वटै तहका सरकारको सहयोगको खाँचो रहेको समेत उनले बताए ।

तपाईको प्रतिक्रिया