Advertisement
SKIP THIS
इजरायलमा आक्रमण गरिरहने हमास के हो  ?

एजन्सी :हमास प्यालेस्टाइनको सबैभन्दा ठूलो सशस्त्र समूह हो । इस्लाममा हमासको अर्थ प्रतिरोधको आन्दोलन हुन्छ । यो समूह सन् १९८८ मा खडा भएको थियो ।

इजरायलले वेस्टबैंक तथा गाजा स्ट्रिपमा कब्जा गरेपछि त्यसको प्रतिरोधका लागि यो समूह खडा भएको हो । इजरायललाई ध्वस्त बनाउनु नै यो समूहको प्रतिबद्धता हो ।

हमास दुईवटा उद्देश्यका साथ गठन गरिएको थियो ।

पहिलो- इजरायल विरुद्ध सशस्त्र संघर्ष गर्न

र दोस्रो- सामाजिक कल्याणका कार्यक्रम सञ्चालन गर्न ।

हमासले  सैन्य रुपमा राजनीतिक गतिविधिका लागि इज्जेदिन अल कसिम ब्रिगेड गठन गरेको थियो ।

गाजाबाट इजरायली सेना फिर्तीका लागि हमास निकै लड्यो ।

सन् २००५ मा इजरायलले त्यहाँबाट सेना फिर्ता गरेसँगै हमास प्यालेस्टाइनको राजनीतिक प्रक्रियामा सामेल भयो ।

सन् २००६ मा त्यहाँको संसदीय निर्वाचनमा हमास विजयी भयो । चुनावमा विजयी भएसँगै हमासले आन्दोलनका विरोधी राष्ट्रपति महम्मुद अब्बासलाई वैधानिक रुपमै सत्ताच्युत गराएर गाजामा आफ्नो शक्ति विस्तार गर्‍यो ।

हमासले गाजामा आफ्नो शक्ति फैलाएसँगै त्यस समूहले इजरायलसँगै चारवटा द्वन्द्वको सामना गरेको छ ।

इजिप्टले पनि हमासलाई एक्ल्याउन र उसको हमला रोक्नका लागि कडा नाकाबन्दी गर्दै इजरायलको साथ दिइरहेको छ  ।

हमासलाई पश्चिमा गठबन्धनमा आवद्ध मुलुकले आतंककारी भन्छन् । उनीहरु आफूलाई स्वतन्त्रताको लागि लड्ने समूह बताउँछन् ।

सन् १९९० मा प्यालेस्टाइन समूहले ओस्लो शान्ति सम्झौतालाई नमान्ने घोषणा गर्‍यो । अधिकांश प्यालेस्टाइनको प्रतिनिधित्व  गर्ने प्यालेस्टाइन मुक्ति संस्था र इजरायलबीचको सम्झौताको विरुद्धमा एक समूह खडा भयो ।

हमासविरुद्ध प्यालेस्टाइन अधिकारीको कठोर नीति र इजरायली अपरेशनका बाबजुद यो समूह डगमगाएन । त्यस समूहले आत्मघाती हमलाको बाटो रोज्यो ।

यस सम्झौताको विरोधमा हमासले इजरायलका विभिन्न ठाउँमा दर्जनौं आत्मघाती हमला गरायो । सन् २००० पछि हमास झन् शक्तिशाली हुँदै आयो ।

प्यालेस्टाइन सरकारसँग असन्तुष्टहरुलाई सेवा दिन उसले अस्पताल र स्कुल सञ्चालनमा ल्यायो । विस्तारै, हमासले आफ्नो युद्ध नीति पनि परिवर्तन गर्न थाल्यो । आत्मघाती विस्फोटमा आफ्नै धेरै क्षति बढेको र त्यसका बाबजुद पनि इजरायलले वेस्टबैंक नछोडेपछि उनीहरुले केही नीति परिवर्तन गरे ।

सन् २००६ को निर्वाचनमा पनि हमासले संसदमा बहुमत ल्यायो । हमासले प्यालेस्टाइनसँग विगतका सरकारले गरेको सबै सम्झौता खारेज हुने घोषणा मात्रै गरेन इजरायलले प्यालेस्टाइन भूमि हिंसात्मक ढंगले लिन खोजेको वैधता कहिल्यै स्वीकार्य नहुने बतायो ।

तपाईको प्रतिक्रिया