Advertisement
SKIP THIS
बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीले आकस्मिक बाहेक सबै सेवा बन्द गरे

निराकरण खबर अछाम:अछामका बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीले ओपिडी सेवा बन्द गरेका छन।

देशभरिमा घटेका विभिन्न घटनाक्रमहरु जस्तै हेटौडा, बुटवल, लम्जुङ्ग, पोखरा, बिराटनगर, कंचनपुर, चितवन र पाटन लगायतका अस्पतालहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि भएको सांघातिक आक्रमणहरुको भएको बिरोधमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बिहीबार ओपिडी सेवा बन्द गर्ने बताए ।

स्वास्थ्य क्षेत्र जस्तो सम्बेधन्शील संस्था जहाँ स्वास्थ्यकर्मीहरु भोक प्यास र निन्द्रा केहि नभनी बिरामीको सेवामा अहोरात्र खटिन्छन तर पनि आक्रमणको सिकार हुनुपर्ने अवस्था आएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

स्वास्थ्यकर्मी माथी सांघातिक आक्रमणमा संलग्न दोषीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ पहिलो संसोधन २०७९ बमोजिम कानुनी कारवाही नगरिनुले हामी चिकित्षक र स्वास्थ्यकर्मीहरु अत्यन्तै असुरक्षित महशुस गरे स्वास्थ्यकर्मीहरुले बिज्ञप्ति मार्फत भनेका छन।

तपाईको प्रतिक्रिया