Advertisement
SKIP THIS
तिला कर्णालीको खुद नाफा १९ लाख बढी

निराकरण खबर कैलाली:कैलालीको घोडाघोडीमा रहेको तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२औँ वार्षिक साधारण सभा मनाएको छ ।

दुई हजार एक सय सत्र जना शेर सदस्य रहेको सहकारीले आर्थिक वर्षमा ०७९÷०८० मा उक्त संस्थाले ११ करोड ७३ लाख २१ हजार ५ सय ८१ रुपैयाँ ७६ पैसाको कारोबार गरेकोमा एक करोड ७० लाख ९३ हजार दुई सय चार रुपैयाँ ४३ पैसा आम्दानी गरेको छ भने, संस्थाले एक करोड ५१ लाख ९२ हजार दुई सय पच्चीस रुपैयाँ खर्च गर्दा, सो आर्थिक वर्ष १९ लाख नौं सय ७९ रुपैयाँ सात पैसा खुद नाफा गर्न सफल भएको हो ।

साधारण सभाको अवसर पारी यस संस्थाले आफ्ना दैनिक बचत,बाल बचत,ऐच्छिक बचत,आवधिक बचत,सदस्य सुरक्षण र सुपर सेभिङका उत्कृष्ट बचत कर्तालाइ सम्मान समेत प्रदान गरेको हो ।तिला कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेर सदस्यहरुलाई आय आर्जन सङ्ग जोड्न र उनिहरुको जीवन स्तर उकास्न बेलाबेलामा विभिन्न आयआर्जनका कार्यक्रम समेत गर्दै आइरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका भुमी,व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीले कृषि अनुदानमा पहुँचवालाकै हालीमुहाली हुने भएकाले बास्तविक किसान अनुदानबाट बन्चीत हुन पुगेको बताएका छन् ।

त्यस्तै, राज्यमन्त्री चौधरीले अनुदानमा देखिएको विद्यमान अवस्थालाइ निरुत्साहीत गरी वास्तविक किसान समक्ष अनुदान पुर्याउनका लागि अनुगमनलाइ प्रभावकारी बनाउनु पर्नेमा जोडदिन आवश्यक रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया