Advertisement
SKIP THIS
क्यानको सचिवमा पारष खड्का निर्वाचित

काठमाडौं :नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का नेपाल क्रिकेट संघ(क्यान) को सचिव पदमा निर्वाचित भएका छन् ।

शनिबार भएको क्यानको केन्द्रिय चुनावमा पारसले सचिव पदका अर्का प्रत्यासित प्रशान्त विक्रम मल्ललाई पराजित गरेका हुन् । मत गणना जारी रहेपनि पारसले ४३ मत लिएसँगै विजयी हुने पक्का भएको हो । चुनावमा कुल ८४ मत खसेको थियो । जसमा जित्न ४३ मत आवश्यक पर्दछ । पारसले ४३ र प्रशान्त मल्लले ३२ मत लिएका छन् । ८५ मध्य ७५ मत गणना गर्दा पारसले ४३ लिएसँगै जित पक्का भएको हो ।

काठमाडौं प्रदेशको सदस्य र बागमती प्रदेशको अध्यक्ष हुँदै केन्द्रिय चुनावमा लडेका थिए । प्रमुख पदमा सचिव बाहेक अन्य सबैमा सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । तर सचिव पदमा सर्वसम्मत नहुन नसकेपछि निर्वाचन गर्नु परेको थियो ।

पारसले क्यानको नेतृत्वमा आउन दुई वर्षअघि सन्न्यास लिएका थिए । पारसले सानदार प्रदर्शन गरि रहँदा अप्रत्याशित रुपमा नेपाली टोलीबाट सन्न्यास लिएका थिए ।

त्यस्तै महिला सदस्यमा जयन्ती देवी भट्ट पनि सर्बसम्मत रुपमा निर्वाचित भएकी थिइन् । सात प्रदेशबाट एक एक जना सदस्यमा निर्वाचित हुने गर्दछन् । जसमा लुम्बिनीबाट प्रदीप मजगैयाँ र कर्णालीबाट श्रीधर केसी सर्वसम्मत प्रदेश कोटामा सदस्यमा निर्वाचित भएका थिए । अव पाँच प्रदेश र पाँच खुल्ला सदस्यको मतगढना अन्तिम रुपमा टुङ्गो लाग्न बाँकी छ ।

तपाईको प्रतिक्रिया