Advertisement
SKIP THIS
स्वास्थ्य क्षेत्रको अवस्था सुधार्न अछामका सरोकारवालाहरुले प्रतिबद्धता जनाए

स्वास्थ कार्यक्रमहरुको जिल्ला स्तरीय समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न

निराकरण खबर अछाम: स्वास्थ कार्यक्रमहरुको जिल्ला स्तरीय समिक्षा गोष्ठी कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ।

कार्यक्रमको समापनमा बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले सरकारले स्वास्थ संस्थाहरुलाई
दक्ष जनशक्ति र स्रोत साधन उपलब्ध गराउनु पर्ने बताए ।

बर्सेनि राज्यबाट उच्च शिक्षाका नाममा खरबौ रुपैया बिदेशीएको
स्वास्थ क्षेत्र र अन्य क्षेत्रका दक्ष जनशक्ति बिदेशीदै गएको यस्तै अवस्था रहे नेपालमा दक्ष शक्ति पाउनै मुस्किल हुने बताए ।

यस्तै कार्यक्रमको समापन गर्दै संघिस सांसद पुष्प बहादुर शाहले

आफुहरुले जसोतसो बजेट हाल्न लगाउने तर अछाम जिल्लामा स्वास्थ क्षेत्रका भौतिक संरचना निर्माण सम्मन्न नहुने अवस्था रहेको बताए । सुदूरपश्चिम पहाडी जिल्लाका सबै जिल्ला अस्पतालका भवन बनिसकेका तर अछामको भने बिभिन्न बाहनामा काम सुरु नभएको बताए । यश बारेमा संघिय सरकारका स्वास्थ्य मन्त्रीको पटकपटक ध्यानाकर्षण गराएको बताउदै सांसद शाहले अब अस्पताल भवनको काम अघि बढ्नेमा आफू आसाबादि रहेको बताए ।

जनप्रतिनिधि भएर बोल्दा सबै प्रश्न आफुतिर ठोक्किने तर आफुहरु राज्यसँग लडिरहेको बताए । अछाममा स्वास्थ्य संस्थाको अवस्था नाजुक भएको दरबन्दी अनुसार स्वास्थ्यकर्मी अभाव रहेको बताउदै सांसद शाहले यी समस्या समाधान गर्ने लागिपरेको बताए ।अहिले अछाम ४ ठाउँबाट मात्रै एआरटी बितरण भईरहेको बताउदै सांसद शाहले १० ओटै स्थानीय तहबाटै बितरण गर्न पहल गर्ने बताए ।

स्वास्थ कार्यालय अछामको आयोजनामा आर्थिक बर्ष २०७९/८० मा स्वास्थ्य कार्यालय अछाम मार्फत भएका गतिविधि जिल्ला स्वास्थ्य क्षेत्रको अवस्थाबारेमा छलफल भएको थियोे । दुई दिन सम्म चलेको छलफलमा जिल्ला स्थित स्थानीय तहका जनप्रतिनिधि स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख सरोकारवालाको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया