Advertisement
SKIP THIS
नेपाल शिक्षक संघ अछामको महिला बिभागले मनायो हरितालिका तिज

अछाम:नेपाल शिक्षक संघ अछामका महिला शिक्षकहरुले हरि तालिका तिजको अवसरमा जिल्ला स्तरिय तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन।

सदरमुकाम मंगलसेनमा आयोजित कार्यक्रम नेपाल शिक्षक संघ महिला बिभागले आयोजना गरेको हो । शिक्षक संघ महिला उपाध्यक्ष तथा महिला बिभाग प्रमुख सारदा रावल चलाउने को अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो।

प्रमुख अतिथि नेपाल शिक्षक संघ सुदुर पश्चिम प्रदेश समिति उपाध्यक्ष सुनिता थापाले महिलाहरू दोहोरो जिम्मेवारी पूरा गरेर पनि कार्यक्षेत्रमा अब्बल देखिन थालेकोमा खुसी व्यक्त गरे।बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस अछामका कार्यबाहक सभापति नयाराम बजगाइले पछिल्लो समयमा महिलाहरू नेतृत्वमा स्थापित हुने क्रम बढेको बताए ।

नेपाली काङ्ग्रेस महासमिती सदस्य एवम शिक्षक संघ का पुर्ब अध्यक्ष पदमराज अधिकारीले हरितालिका तिज सामाजिक प्रेम र सदभावको पर्व रहेको बताउदै आफु लागि परेको कार्य क्षेत्रमा आउने हरेक कठिनाइ सँग जुझेर अगाडि बढ्न सके मात्रै संगठन सहित ब्यक्ती पनि मजबुत रहने बताए ।

महिला नेतृ निर्मला रावललको नेपाल शिक्षक संघ को उर्जा हरायको अनुभुतीमा शिक्षक संघ अछामका अध्यक्ष नबेन्द्र राज जोशीले जोश र जागरका साथ नेपाल शिक्षक संघ चलायमान हुने बताए ।

तपाईको प्रतिक्रिया