Advertisement
SKIP THIS
गणेश मेलाको अवसरमा साँफेबगरमा देउडा खेल हुँने

निराकरण खबर अछाम:गणेश मेला(गणपति) को अवसरमा साँफेबगरमा देउडा खेल हुने भएको छ।

गतबर्ष झै यश बर्ष पनि साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा देउडा खेल आयोजना गरिएको बजार ब्यावस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवरले बताए ।

पछिल्लो समय हाम्रो आफ्नो कला र पहिचान देउडा खेल लोप हुदै गएकाले नयाँ युवा पुस्तालाई देउडा खेल पुस्तान्तरण गर्ने उदेश्यका साथ देउडा खेल आयोजना गरिने अध्यक्ष कुँवरले बताए ।गणेश मेला आउँदो असोज महिनाको ११ रहेको छ।

तपाईको प्रतिक्रिया