Advertisement
SKIP THIS
क्यान्सर पिडित इन्जिनियर रमिता रावल बचाईदिन परिवारको अपिल

अछाम : इन्जिनियर रमिता रावल क्यान्सर सँग लडिरहेकी छन् । २५ वर्षको  कलिलो उमेरमै उनलाई पाठेघर र ठुलो आन्द्रामा क्यान्सर सङ्क्रमण हुँदा उपचारका लागि ठुलो रकम आवश्यक देखिएको छ ।

क्यान्सरबाट पीडित रावल लाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाम घर भएकी रावललाई जीवन फक्रिने बेला ठुलो बज्रपात परेको छ ।

हाल नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचार गराइरहेकी रमिताको  उपचार गर्दा गर्दै आर्थिक अभावका कारण उपचारमा समस्या हुने भएपछि उनका आफन्तले सहयोगको अपिल गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार उपचारका लागि ठुलो धनराशि आवश्यक परेकाले सहयोगको अपिल गरिएको उनका दाजु धिरेन्द्र रावलको भनाई छ ।

अस्पतालको शैयामा क्यान्सरसँग लडिरहेकी रमिता २०७४ सालमा नेपाल सरकारबाट लगेको स्थानीय तह सब- इन्जिनियर पाँचौँ तह मा नाम निकालेर कपिलवस्तुको कावासोतीमा पोस्टिङ
भई करिब ३ वर्ष सेवा गरेर हाल नेपालगन्ज उप-महानगरपालिकामा कार्यरत छिन ।

उनलाई सहयोग गर्ने सहयोगी मनहरूले तल उल्लेखित विवरणमा सहयोगका लागि अपिल गरिएको छ ।

 
सम्पर्क नम्बर – 9849692897/ 9867719392

A/C – 001010749770011

Dhirendra Bahadur Rawal

Prabhu Bank Ltd Head Office Babarmahal KTM 

Esewa- 9867719392

तपाईको प्रतिक्रिया