Advertisement
SKIP THIS
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं :नेपाल क्रिकेट संघ बागमती प्रदेशको बागडोर नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काको हातमा पुगेको छ । आज भएको निर्वाचनमा उनी प्यानलैसहित विजयी भए ।

अध्यक्षसहित ४ पदाधिकारी र ८ सदस्यमा पारसको प्यानलले जित हासिल गरेको हो । पारसले २३ मत ल्याउँदा उनका प्रतिस्पर्धी उमेश पिया १४ मत ल्याएर पराजित भए । पदाधिकारी र सदस्यमा पनि पारसको प्यानलका सबैले २३ र उमेशको प्यानलका सबैले १४ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया