Advertisement
SKIP THIS
एसिया कपमा नेपाल र पाकिस्तान भिड्दै

काठमाडौंः एसिया कपको उद्धघाटन खेलमा आज घरेलु टोली नेपाल र पाकिस्तान भिड्दै छन्। नेपाल र पाकिस्ताानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा मुल्तान क्रिकेट रंगशालामा हुनेछ।

नेपालले पहिलो पटक विश्वको आईसीसी ओडिआई वरियताको शीर्ष स्थानको टोलीविरुद्ध खेल्दै छ। पाकिस्तानविरुद्धको खेल नेपालका लागि एसिया कप डेब्यु खेल समेत रहने छ। गत बैशाखमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो।

नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन्। पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ।

तपाईको प्रतिक्रिया