Advertisement
SKIP THIS
दलाल काे रहेछ नेता ज्यू ……?

हर्क बिष्ट टीकापुर

दलाल काे रहेछ नेता ज्यू ……?

कलेजकाे एउटा कार्यक्रममा
बडाे राप र तापका साथ
घाेक्राे च्यातिने गरि
सुन्नेका मुटु हल्लिने गरि
गर्नु भएथ्याे एउटा भाषण…।
भन्नु भएथ्याे ..गरिब,निमुखा,सर्वहारा वर्ग जिन्दावाद
दलाल,पूजीपति,माफिया मूर्दावाद ….।
विध्यार्थी अान्दाेलन जिन्दावाद
शैक्षिक माफिया मूर्दावाद …।

यहि सुनेर बाधेकाे हु मैले पनि
शिरमा राताे कफन
बजाएकाे हु जाेरले तालि
भनेकाे हु
गरिब,निमुखा,सर्वहारा वर्ग जिन्दावाद
दलाल,पूजीपति वर्ग मूर्दावाद
विध्यार्थी अान्दाेलन जन्दावाद
शैक्षिक माफिया मूर्दावाद ……।

प्रिय ! कमरेड
तपाइले उधाेगीलाइ दलाल भन्न सिकाउनु भयाे
व्यापारीलाइ कालाबजारीया भन्न सिकाउनु भयाे
कसैलाइ मेडिकल माफिया
कसैलाइ शैक्षिक माफिया
तर कमरेड
नेतृत्वमाथि सिधा नजरले हेर्न सिकाउनु भएन
उनका कमजाेरीमाथि बाेल्न सिकाउनु भएन
उनिमाथि प्रश्न उठाउन सिकाउनु भएन

त्यसैकाे प्रतिफल
अाजकाे समाचार हेर्नु भाे …..?
समाचार पढ्नु भाे ……?
के के अाइरहेछन् अचेल बजारमा
हाम्रा कमरेडहरुका बारेमा
अचेल कमरेडहरु सामेल नभएकाे कुनै काण्ड अायाे भने
नुन विनाकाे तरकारी जस्तै लाग्छ
तरकारी जेसुकैकाे हाेस्
नुन हाल्नै पर्छ
बजारमा काण्ड जेसुकैकाे अाअाेस्
त्यसमा कमरेड सामेल हुनैपर्छ

कमरेड
हामी लडेकाे केका लागि
देश बनाउन वा पैसा कमाउन
परिवर्तन गर्न वा अाफ्नाे पेट भर्न
हाम्राे अान्दाेलनले
कुन गरिबकाे छाेरीले
निशुल्क पढ्न पाएकाे छ याे देशमा …?

कमरेड !
मैले दलालै दलाल देख्छु
अाफैलाइ पनि दलाल देख्छु
अाफ्नै नेता दलाल देख्छु
कार्यकर्ता दलाल देख्छु
जसरी बनलाइ बनमाराले जेलेकाे हुन्छ
त्यसरी नै देशलाइ दलालहरुले जेलेकाे देख्छु
उम ! साच्चै
दलाल काे रहेछ नेता ज्यू …?

तपाईको प्रतिक्रिया