Advertisement
SKIP THIS
अछामको ढकारी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

सुशील भण्डारी अछाम :अछामको ढकारी गाउँपालिकामा आँखा उपचार केन्द्रको बिहिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । जिल्लाको विकट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना भएपछि गाउँघरमै उपचार सेवा पाइने भन्दै स्थानीयहरू खुसी भएका छन् ।

टाढा गएर उपचार गराउन आर्थिक अवस्थाले नभ्याउने हुँदा नागरिकको स्वास्थ्य उपचारका लागि पालिकामै आँखा उपचार केन्द्र संचालन गरेको गाउँपालिका  अध्यक्ष प्रकाश साउदले बताए । अब आँखाको सामान्य समस्या आउँदा पनि उपचारको लागी जिल्ला बाहिर जानुपर्ने समस्याको समाधान भएको चिकित्सकको व्यवस्थापन पालिकाले गरेको अध्यक्ष साउदले बताए ।

मानवशरीरको संवेदनशील अङ्ग मध्येको आखाँको उपचारको अब गाउँपालिका भित्रै हुने र बेलाबेलामा गाउँबस्ती नै पुगेर आखाँ शिवीरको आयोजना गरी नागरिकको सेवा गर्ने लक्ष्य रहेको समेत उनको भनाइ छ ।

च्यारिटि फाउन्डेसन नेपालको प्राविधिक सहयोग रहेको आँखा उपचार केन्द्रमा सहायक नेत्र चिकित्सक र एक जना सहयोगीबाट दैनिक सेवा प्रदान गरिने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया