Advertisement
SKIP THIS
अष्ट्रेलियाको सिड्नीमा ड्रिम हाइट्सले ‘ड्रिम फेष्ट’ 2.0 आयोजना गर्दै

काठमाण्डौं:सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्सले ‘ड्रिम फेष्ट’ 2.0 गर्न लागेको छ ।सेक्टेम्बर ३० तारिख सिड्नीको मोर पार्कस्थित होर्डेन पेभिलियनमा साँझ ६ बजेदेखी राती ११ः ३० बजेसम्म कार्यक्रम हुने आयोजकले जनाएको छ ।

झण्डै ५५ सय जनाको क्षमता भएको होर्डेन पेभिलियनमा यसभन्दा पहिला इपीक क्लापटन, एसी÷डिसी, निर्भाना, दीप पर्पललगायतले आफ्नो प्रस्तुती दिइसकेका छन् । त्यही हलमा ‘ड्रिम फेष्ट ’ 2.0 हुने भएकाले यसलाई महत्वका साथ लिइएको छ ।ड्रिम हाइट्सले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा झिकाएर नेपालीहरुको मन जित्न सफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया