Advertisement
SKIP THIS
देउडा गित लाल हिरा कांगै सार्वजनिक (भिडियो सहित)

अछाम :लोक तथा देउडा गायक झंकर रावलको मौलिक देउडा गित सार्वजनिक भएको छ । बिशेष फिल्मस्को प्रस्तुतीमा रावलले अछामको भाषा, कला, साहित्य, रहनसहन तथा परिबेशलाई समेटेर तयार पारेको गितको भिडियो सार्वजनिक भएको हो ।

अछाम जिल्लाको बान्नातोलीमा जन्मिएका रावलको आफ्नै शब्द, लय तथा स्वरमा पूर्णकला बीसीले साथ दिएकी छन् भने शब्द चयनमा समेत जोगीसिंह रावलको साथ रहेको छ ।

अछामी रेखा नामले परिचित भिम बिष्टको निर्देशनमा तयार भएको भिडियोमा चर्चित मोडेल झरना बोहरा र गायक रावल आफलै अभियन गरेका छन् । भिडियो अछामको मंगलसैन नगरपालिका वडा नं. १२ बान्नातोली बिर्कुमा छायांकन गरिएको छ ।

भिडियो

तपाईको प्रतिक्रिया