Advertisement
SKIP THIS
२ बर्षमा बन्नु पर्ने तुर्माखाँद स्वास्थ्य चौकी ८ बर्षमा समेत अधुरै ,दिसा पिसाब गर्ने थलो बन्दै

तारामान खड्का अछामःअछामको तुर्माखाद गाउँपालीकामा ८ बर्ष देखि स्वास्थ्य चौकी निमार्ण सम्पन्न नभई अलपत्रमा परेको छ । भवनको झ्याल ढोका, बिद्युत जडान, कलरिङ लगायतका काम हुन सकेको छैन ।

सधन सहरी तथा भवन निमार्ण आयोजना दिपायलबाट २०७२ भदौ १३ मा २ बर्षमा सक्ने गरि सम्झौता गरेपनि सम्झौता भएको ८ बर्षमा समेत स्वास्थ्य चौकी भवन निमार्ण सम्पन्न हुन सकेको छैन । २ करोड १९ लाख ४८ हाजार ८ सय ९९ मा २ बर्षमा सक्ने गरि निमार्ण कम्पनि यागथुमाङ आइ एस नेत्रेश्वरी जेभीसँग सम्झौता भएको थीयो ।

२ बर्षमा बन्नुपर्ने स्वास्थ्य चौकीको भवन ८ बर्षमा समेत नबन्दा स्वास्थ्य सेवा प्रभावमा निकै समस्या भइरहेको स्वास्थ्य शाखा तुर्माखाँद प्रमुख यकेन्द्र बयकले बताए। अलपत्र स्वास्थ्य चौकी भवन बनाईदिन पटक पठक स्थानिय तह जिल्ला प्रशासन कार्यालय मार्फत आग्रह गरेपनि कहि कतै बाट नभएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए । अहिले पुरानो जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था रहेको यसले गर्दा स्वास्थ्यकर्मी र बिरामी दुबैलाई अप्ठेरो भएको प्रमुख ढुंगानाले बताए ।

निमार्ण सम्पन्न नहुदाँ भवनमा स्थानियहरुले भेडा बाख्रा र दिसा पिसाब गर्ने थलो बनाएका छन । निमार्ण कम्पनिले थप भएको समयमा समेत काम नगरी
बिभिन्न कारण देखाएर ढिलासुस्ती गरिरहेको कालो सूचिमा राख्ने प्रकृीया सुरु भईरहेको सधन सहरी तथा भवन निमार्ण आयोजना दिपायलका प्रमुख तुलसीराम खरबुजाले बताए ।

तपाईको प्रतिक्रिया