Advertisement
SKIP THIS
भारतमा गोलभेडाको मुल्य प्रतिकेजी ३५० भारु पुग्यो

एजेन्सीः  निरन्तरको वर्षासँगै भारतमा गोलभेडाको भाउले आकाश छोएको छ।

भारतमा बाढीपहिरोले उत्पादन र सप्लाई बन्द भएपछि गोलभेडाको मूल्य एक्कासी बढेको हो। भारतीय सञ्चार माध्यमका अनुसार भारतको चण्डीगढमा गोलभेडाको मूल्य प्रतिकिलो ३५० भारु (नेरु ५६०) पुगेको छ।

यस्तै, दिल्लीमा २५० भारुमा गोलभेडा बिक्री भइरहेको छ भने देशका अन्य ठाउँमा पनि कम्तीमा १५० देखि २५० भारुसम्म बिक्री भइरहेको छ।

तपाईको प्रतिक्रिया