Advertisement
SKIP THIS
महालक्ष्मी बैंक साँफेबगरद्वारा रास्ट्रभाषा माबिलाई १ लाख ५० हजार आर्थिक सहयोग

अछाम :संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंक साँफेबगर बान्निगढी जयगढ गाउँपालिका १ गाँजरा स्थित श्री रास्ट्रभाषा माध्यमिक विद्यालयलाई १ लाख ५० हजार सहयोग गरेको छ।

शुक्रबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई बैंकका प्रबन्धक पुनित शाहले एक कार्यक्रम बिच १ लाख ५० को चेक हस्तान्तरण गरे।विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेतमान खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बान्निगढी जयगढ गाउँपालिका वडा न.१ का वडा अध्यक्ष गजेन्द्र बहादुर खड्का प्रमुख अतिथि रहेका थिए ।

महालक्ष्मी विकास बैंक साँफेबगर अछामका शाखा प्रबन्धक पुनित शाहले सदैव विद्यालय र बैंकबीच आपसी साझेदारी र समन्वय हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया