Advertisement
SKIP THIS
डोटीमा मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियाेगिता गर्दै विश्व ओलम्पिक ‘डे’ मनाईयो

निराकरण खबर डोटी :हरेक वर्ष बनाउँदै आइरहेको विश्व ओलम्पिक बर्ष सफल पार्नका लागि डाेटीमा पनि मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियाेगिता गर्दै ओलम्पिक ‘डे’ बनायकाे छ।

प्रत्येक वर्ष २३ जुनलाई लक्षित गर्दै ओलम्पिक ‘डे’ बनाइने गरिन्छ । डाेटी जिल्ला ब्याडमिन्टन यसाेसियनकाे आयाेजनामा डाेटीमा पनि मैत्रि पूर्ण ब्याटमिन्टन प्रतियाेगिताका साथ ओलम्पिक ‘डे’मनाईएकाे डाेटी जिल्ला ब्याटमिन्टन एसोसिएसन उपाध्यक्ष कर्ण श्रेष्ठले जानकारी दिए।

जिवनमा स्वास्थ्य रहन खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले स्वास्थ्यकाे ख्याल राख्दै सम्पुर्ण लाइ बिभिन्न खेलमा सहभागिता जनाउन ब्याटमिन्टन एसोसिएसन केन्द्रीय सदस्य जगत वहादुर खड्काले सवै खेलाडीलाई आग्रह गरे।

केन्द्रकाे निति अनुरुप बिभिन्न खेल खेल्दै ओलम्पिक ‘डे’बनाइने हुँदा हामिले पनि डाेटी जिल्लामा मैत्रि पूर्ण ब्याटमिन्टन प्रतियाेगिता गरी लाेगाे सहितको भेष्ट र सहभागीलाई स सम्मान सहित प्रमाणपत्र प्रदान गरि कार्यक्रम सम्पन्न गरेको ब्याटमिन्टन एसोसिएसन केन्द्रीय सदस्य जगत वहादुर खड्काले जानकारी दिए।

ओलम्पिक खेल बर्ष २०२३ सफल गर्ने उद्देश्यले संचालित ब्याटमिन्टन प्रतियाेगितामा जिल्लाका बिभिन्न ब्याटमिन्टन खेलाडीकाे सहभागिता रहेको खेल जिल्ला खेलकुद बिकास समितीको कबटहल सिलगढीमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया