Advertisement
SKIP THIS
दिपायल सिलगढी नगरपालिका स्तरीय बालकल्ब संजाल समिति गठन

निराकरण खबर डाेटी: दिपायल सिलगढी नगरपालिका वडानम्वर १ देखि ९ सम्मका बालबालिकाहरुको सहभागितामा आयोजना गरेको नगर स्तरिय बाल भेला तथा स्थानिय योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम बाट मंगलबार नगर स्तरिय बालकल्व संजाल समिति गठन गरियकाे हाे ।

पालिकाकासबै वडा हरुका बालबालिकाहरु सहभागि रहेको भेलाले बिबेक नेपालीको अध्यक्षतामा १३ सदस्यीय शैलेश्वरी खप्तड नगरस्तरिय बालक्लब संजाल गठन गरेको हाे । उपाध्यक्षमा सर्मिला नेपाली, कोषाध्यक्ष संगम देवल, सचिब खिना कडायत, सह सचिब श्रीया द्धारीया, सदस्यहरु पार्बति बिक, सपना खड्का, लक्ष्मी बिष्ट, रमेश ताम्राकार, दिपक मिजार, रोशन खड्का, शुसिला साउद र दिपा साउद रहेका छन् ।

बालबालिकाहरुलाई आफ्ना सवालहरु आफै पहिचान गरी पालिकालाई आवश्यक निति, कार्यक्रम निमार्ण गर्न सहजताहोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का ‘विजय’ले बालबालिकाहरुका योजनालाई विशेष प्राथमीकताका साथ आवश्यक बजेटको ब्यवस्थापन गरि कार्यान्वयन गरिने बताए।

बालबालिकाहरु भविश्यका कार्णधार हुन बालबालिका माथी आवश्यकता अनुसारको लगानी गरिन्छ । बालबालिकाहरुले सधै इमान्दार, नैतिकतावान, उर्जावान, अनुशासीत र सकारात्मक भावना लिएर अगाडि बढ्न जरुरी रहेको समेत नगर प्रमुख खड्काले बताए ।

यस्तै कार्यक्रमका सभाअध्यक्ष समेत रहनुभएका नगर उप प्रमुख तथा नगरपालिका स्तरिय बालसंरक्षण समिति संयोजक कलावती महर साउदले वालवालिका भनेका देश परिकल्पनाका कर्णधार हुन् उहाँहरुले गरेका सृजनात्मक कामकाे नगर सरकारले उचित मुल्याङ्कन गरेर अगाडी बढ्नेमा जाेड दिए।

सहभागिताले बाल आवस्यकता अनुसार याेजना वनाइ चित्रकाे माध्यमबाट सुन्दर नगरपालिकाकाे परिकल्पना गर्नु भयकाेमा बिषेश धन्यवाद दिँदै आफु महिला तथा वालवालिका सम्वन्धी विषेश कार्य हेर्ने भयकाले याेजना कार्यन्वयनका लागि आफु लागि प्रने सम्पुर्ण सहभागी लाइ जानकारी गराएका थिए ।

बालबालिकाहरुले नगर प्रमुख र उपप्रमुखलाई पालिका भित्र रहेका बालबालिकाहरुको सवाल पहिचान गरि आफ्ना विभिन्न योजनाहरु पेश गरेका थिए । योजनाहरु बुझ्दै नगर प्रमुख र उपप्रमुखले कार्यान्वयन गर्ने प्रतिबद्धता समेत बालबालिका लाइ जनाएका थिए ।

दुइ दिन सम्म संचालन भयकाे कार्यक्रममा दिपायल सिलगढी नगरपालिका बिभिन्न वडा अध्यक्ष,कार्यपालिका सदस्य हरु, बिभिन्न संजालमा आवद्ध वालबालिका, बिभिन्न का प्रमुख प्रतिनिधि हरुकाे उपस्थिति रहेको थियो ।

कार्यक्रम दिपायल सिलगढी नगरपालिकाको आयाेजना तथा सामुदायिक विकास केन्द्र डोटी, सम विकास केन्द्र डोटी, एक्सनएड नेपाल, वल्र्ड भिजन इन्टरनेशनल, गुडनेर्वस इन्टरनेशनल नेपाल, समान पहुँच विकास केन्द्र डोटीको संयुक्त प्राविधीक सहयोगमा कार्यक्रमको संचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया