Advertisement
SKIP THIS
रुदै बस्छन कोहि हजुर कोहि आकाश छुन्छन

अमरदिप शर्मा :
सम्बन्धका त्यान्द्राहरु तानाबाना बुन्छन
रुदै बस्छन कोहि हजुर कोहि आकाश छुन्छन

चन्द्रमुहार तिम्रो भन्दै फकाएको याद आयो
आज उसलाई सम्झाईदिने आकाशका जुन्छन

बाटो बाटै फुल टिपि ईश्वर पुजे के दोश मेरो
जहिले पनि अनायासै मेरै सपना रुन्छन

सडकको सिमानामा बसेकै छु आज पनि
दोए दुउन खै कतिले लैनो गाई दुन्छन

दुख दिई सम्बन्धलाई टिकाउने महान हो र?
भन्नू पर्यो एक अर्काले दुख टार्ने गुन्छन

गलित भयो फलित छैन नाता गाथा यस्तै भयो
आफू मरि प्रेम जोगाउदै हिड्ने ईश्वर कुन्छन !!!

तपाईको प्रतिक्रिया