Advertisement
SKIP THIS
नरिदाङमा पाठेघर मुखको क्यान्सरको परिक्षण तथा एकिकृत प्रजनन् स्वास्थ्य शिविर

निराकरण खबर डाेटी महिलाहरूको पाठेघर मुखको क्यान्सरको परिक्षण तथा एकिकृत प्रजनन् स्वास्थ्य शिविर संचालन गरिएकाे छ ।

नेपाल परिवार नियोजन संघ डोटी शाखाकाे आयाेजना तथा दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग र स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम बुधबार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ काे नगर स्वास्थ्य केन्द्र नारिदाङमा संचालन गरियकाे हाे ।

शिविर सञ्चालन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल परिवार नियोजन संघ डाेटीकी सभापति प्रेमा श्रेष्ठले महिलाको समस्या महिलाले बुझ्ने भएकाले याे शिविर संचालन अभिनयका लागि दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्का ‘विजय’लाई धन्यवाद दिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै परिवार नियोजनका काेषाध्यक्ष रघु कठायतले स्वास्थ्य नै धन भएकाले हामि सवै मिलेर यस्तै कार्यक्रमहरु लाइ प्राथमिकता दिइ अगाडि बढ्नुपर्नेमा जाेड दिदै कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यवाद दिए।

हाम्रो नगरपालिका अझै पनि केहि भाैगलिक विकटताकाे समस्यामा परेकाे हुदा याे सिविर संचालन ले स्वास्थ्य समस्यामा परेका महिलाहरु स्वास्थ्य संस्था सम्मकाे पहुँचमा पुर्याउने उद्देश्य याे कार्यक्रम सञ्चालन गरेकाे दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले जानकारी दिए।

सिविर जेठ ७ गते देखि निरन्तर १४ गते सम्म दिपायल सिलगढी नगरपालिका का विभिन्न वडाहरुमा संचालन भैरहेको छ । कार्यक्रममा परिवार नियोजन संघका सचिव सेर बहादुर बाेगटी, सदस्य लक्ष्मि खड्का, पत्रकार, स्वास्थ्य क्रमि लगायतकाे उपस्थित रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया