Advertisement
SKIP THIS
अब देखि भारु २ हजार दरका नोट नचल्ने

काठमाडौँ:भारत सरकारले २ हजार दरका नोट चलनचल्तीमा नल्याउने भएको छ । ‘भारतीय रिजर्भ बैंक’ ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय लिएको हो ।

भारतीय केन्द्रीय बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार २ हजार दरको दरको नोट तत्काल अवैध भने हुने छैन । मात्र यो नोटलाई प्रचलनमा नल्याउने निर्णय भएको बैंकको भनाइ छ । बैंकका अनुसार ३० सेप्टेम्बरसम्म सर्वसाधारणले बैंकका गएर सो नोटको सटही गर्न सक्नेछन् ।

सर्वसाधारणले आफूँसँग भएको २ हजार दरको नोट खातमा जम्मा गर्न सक्नेछन् भने जुनसुकै बैंकबाट नोट सटही पनि लिन सक्नेछन। केन्द्रीय बैंकले २ हजार दरको नयाँ नोट अब जारी नहुने पनि स्पष्ट गरेको छ । हाल बजारमा २ हजार दरका ३।६२ करोड रुपैयाँ भारु बजारमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया