Advertisement
SKIP THIS
अछाम जिल्लामा मुटुरोग सम्बन्धी निशुल्क बिशेषज्ञ शिविर सञ्चालन हुदै

अछाम : अछाम जिल्लामा मुटुरोग सम्बन्धी निशुल्क बिशेषज्ञ शिविर सञ्चालन हुने भएको छ ।

जिल्ला अस्पताल मंगलसेनमा मुटुरोग सम्बन्धी २ दिने नि:शुल्क बिशेषज्ञ शिविर सञ्चालन हुने भएको हो।

शिविरमा मुटुरोग बिशेषज्ञबाट मुटुको परिक्षण तथा परार्मश, ईसिजी, ईको तथा रक्त परिक्षण हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

सहिद गंगालाल हृदयरोग केन्द्र र स्वास्थ्य कार्यालयको आयोजना तथा जिल्ला अस्पताल अछामको सहयोगमा शिविर हुन लागेको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

शिबिर यहि बैसाख ३० र ३१ गते सञ्चालन हुने भएकाले मुटु रोग सम्बन्धी समस्या भएकाहरुलाई सेवा दिन उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया