Advertisement
SKIP THIS
मातृ तथा जन्मजात मृत्युको बयालपाटा अस्पतालमा निगरानी तथा प्रतिकार्य गरिने

तपेन्द्र धामि अछाम : मातृमृत्यु तथा नवशिशुको जन्मजात मृत्युको निगरानी तथा प्रतिकार्य सम्बन्धी अभिमुखिकरण जिल्लाको बयालपाटा अस्पतालमा सम्पन्न भएको छ । अस्पतालमा हुनसक्ने मातृमृत्यु र जन्मजात मृत्युको बारेमा निगरानी तथा प्रतिकार्य गर्नका लागि अभिमुखिकरण गरिएको हो ।

मातृमृत्यु र जन्मजात मृत्यु किन हुन्छ, कसरी हुन्छ, के कति कारणले हुन्छ र तत्पश्चात के के तयारी गर्ने, कार्यायोजना बनाउने तथा त्यस्तो हुन नदिन के कस्तो पूर्व तयारी गर्ने भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रममा छलफल भएको स्वास्थ्य कार्यालय अछामका टिका शर्माले बताईन् ।

बयालपाटा अस्पताल सञ्चालक समितीका अध्यक्ष एवंम साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतमा भएको अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना, जिल्ला अस्पतालका डा. सोनाली बाँस्कोटा, टिका शर्मा, गंगा बुढामगर लगायतले एमडिएसआरको बारेमा सहभागीलाई जानकारी दिएका थिए ।

यसअघि बयालपाटा अस्पताल यो कार्यक्रममा आवद्ध नभएका कारण सो कार्यक्रम लागु गर्न समेत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । एमपिडिएसआर कार्यक्रमका लागि अस्पताल सञ्चालन समितीका अध्यक्ष राजेन्द्र बहादुर कुवँरको संयोजकत्वमा ७ सदस्यि समिति समेत गठन गरिएको छ ।

उक्त समितीले हरेक महिना बैठक गरेर मातृमृत्यु तथा जन्मजात मृत्यका बिषयमा जानकारी लिने, समस्याको समाधान गर्ने तथा आगमी कार्ययोजना बनाउदैँ तयारी समेत गर्ने बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाको समन्वय तथा स्वास्थ्य कार्यालय अछामको आयोजनामा उक्त कार्यक्रममा साँफेबगर नगरपालिकाका स्वास्थ्य संयोजक पुष्प बुढा लगायत बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया