Advertisement
SKIP THIS
नेपाल एसिया कपमा छनोट : फाइनलमा युएई ७ विकेटले पराजित

काठमाडौं:नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको छ । नेपाल च्याम्पियनका साथ एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो । नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।

जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झा ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे । भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे । चौथो विकेटका लागि गुलशन झा र भीम सार्कीले ९६ रनको अविजित साझेदारी गरेका थिए ।

गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । उनले ७५ बलमा अर्धशतक पुरा गरेका हुन् । अघिल्लो महिना गुलशनले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए ।

एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

तपाईको प्रतिक्रिया